बंगलादेश : रोजगारीमा आरक्षणको विरोधमा प्रदर्शन, ६ जनाको मृत्यु
ढाका । बंगलादेशमा रोजगारीमा आरक्षणको विरोधमा भएको प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ । यो घटनापछि देशभरका विद्यालय र विश्वविद्यालय अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको छ ।
बंगलादेशमा देशको स्वतन्त्रताका लागि लडेका छोराछोरीलाई सरकारी जागिरमा आरक्षण दिइएको छ । सन् १९७१ मा बंगलादेश स्वतन्त्रता सङ्ग्रामपछि पाकिस्तानबाट अलग भएको थियो ।
आलोचकहरू भन्छन् कि यो आरक्षण प्रणालीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने सरकार समर्थक समूहका सन्तानहरूलाई अनुचित रूपमा फाइदा पुर्याउनेछ।
शेख हसिना जनवरी महिनामा लगातार चौथो निर्वाचनमा विजयी भएकी थिइन् । उनी बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानकी छोरी हुन्। बंगलादेशमा सरकारी जागिरमा आरक्षणको यो व्यवस्थाविरुद्ध विगत केही दिनदेखि विरोध प्रदर्शन भइरहेको छ ।
केही सातासम्म चलेको विरोधपछि सन् २०१८ देखि यो भर्ना प्रणालीमा प्रतिबन्ध लगाइएको थियो । गत महिना मात्र एक अदालतले यो आरक्षण प्रणाली पुनर्स्थापित गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण