फेरि सर्न लागेको हो पुष्पा २ को रिलिज मिति ?
नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दनाका फ्यानहरू यतिबेला ‘पुष्पा २ः द रुल’ हेर्न आतुर छन् । फिल्मका धेरै पात्रको लुक्स सार्वजनिक भइसकेको छ ।
यस बाहेक दुई गीत पनि रिलिज भएका छन् । फिल्मको नयाँ रिलिज मिति डिसेम्बर ६ मा तोकिएको थियो । तर यो मितिमा पनि फिल्म रिलिज हुनेमा अन्योल देखिएको छ ।
तेलुगु १२३ मा आएको एक रिपोर्टअनुसार पुष्पा २ को रिलिज मिति फेरि पछाडि धकेलिएको अफवाह चलिरहेको छ । यसअघि फिल्म यही अगस्ट १५ मा हलमा आउने भनिएको थियो तर सुटिङ पूरा नभएपछि यो मिति सारेर सन् २०२४ डिसेम्बर ६ मा पुर्याइयो । फिल्ममा अर्जुनले निर्वाह गरेको चरित्रका लागि दाह्री निकै जरुरी छ । अनियमित सुटिङ तालिकाबाट बेखुस अभिनेताले आफ्नो दाह्री काट्न लागेको खबर पनि आएको थियो ।
यी अफवाहबिच अब फेरि एक पटक अल्लु र रश्मिकाका फ्यानका लागि निराश खबर आएको छ । ‘पुष्पा २ः द रुल’ रिलिज अर्को वर्षसम्मका लागि स्थगित हुने सम्भावना बढेको छ । केही अघि निर्देशक सुकुमारले फिल्मको छायांकन दुई महिना भित्र पूरा गर्ने योजना बनाएको खबर पनि आएको थियो ।
अल्लु अर्जुन र रश्मिका मन्डन्नाका अलावा ‘पुष्पा २ः द रुल’मा फहद फाजिल पनि भिलेनको भूमिकामा छन् । फिल्ममा सुनिल, राव रमेश, अनसूया भारद्वाज र जगदीशको पनि शीर्ष भूमिकामा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण