मन्दीका बिच राजश्व कार्यालय पोखराले बढायो राजश्व

पोखरा । आर्थिक मन्दीका बिच पोखरा र आसपासमा उद्योग र सेवा क्षेत्रबाट राजश्व बढेको छ । आन्तरिक राजस्व कार्यालय पोखराले आर्थिक वर्ष २०८०।०८१ मा अघिल्लो वर्षभन्दा करिब ३५ करोड बढी राजश्व सङ्कलन गरेको छ ।
गएको वर्ष ५ अर्ब ५७ करोड ५५ लाख राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ । त्यसअघिको वर्षमा ५ अर्ब २२ करोड मात्रै राजश्व सङ्कलन भएको थियो । गएको वर्ष ६ अर्ब ३९ करोड सङ्कलनको लक्ष्य लिएकोमा ८७ प्रतिशत मात्रै सङ्कलन गर्न सकिएको प्रमुख कर अधिकृत शिव शर्माले जानकारी दिए ।
गत वर्ष आयकर तर्फ सबैभन्दा धेरै ३ अर्ब ६६ करोड ८७ लाख सङ्कलन भएको छ भने मूल्य अभिवृद्धि कर तर्फ १ अर्ब ७२ करोड ३६ लाख सङ्कलन गरिएको छ ।
यस्तै, अन्तः शुल्क पनि १६ करोड ६७ लाख रुपैयाँ सङ्कलन भएको शर्माको भनाई छ । अघिल्लो वर्षको तुलनामा आयकर तर्फ उल्लेख्य राजश्व बढेको उनले सुनाए ।
अघिल्लो वर्ष ३ अर्ब ३७ करोड राजश्व आयकरबाट सङ्कलन भएको थियो । अरू शीर्षकमा पनि सामान्य वृद्धि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलिया र मलेसियाका लागि नेपाली राजदूतलाई थप जिम्मेवारी
-
६ जना मृत अवस्थामा फेला
-
टोकियोको प्राथमिक विद्यालयमा आक्रमण, पाँच कर्मचारी घाइते
-
काठमाडौँसहित चार ठाउँमा दुर्घटना, चार जनाको मृत्यु
-
कुष्ठरोगसम्बन्धी व्यापक रणनीति बनाउन जरुरी : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
-
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ