मन्दीका बिच राजश्व कार्यालय पोखराले बढायो राजश्व
पोखरा । आर्थिक मन्दीका बिच पोखरा र आसपासमा उद्योग र सेवा क्षेत्रबाट राजश्व बढेको छ । आन्तरिक राजस्व कार्यालय पोखराले आर्थिक वर्ष २०८०।०८१ मा अघिल्लो वर्षभन्दा करिब ३५ करोड बढी राजश्व सङ्कलन गरेको छ ।
गएको वर्ष ५ अर्ब ५७ करोड ५५ लाख राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ । त्यसअघिको वर्षमा ५ अर्ब २२ करोड मात्रै राजश्व सङ्कलन भएको थियो । गएको वर्ष ६ अर्ब ३९ करोड सङ्कलनको लक्ष्य लिएकोमा ८७ प्रतिशत मात्रै सङ्कलन गर्न सकिएको प्रमुख कर अधिकृत शिव शर्माले जानकारी दिए ।
गत वर्ष आयकर तर्फ सबैभन्दा धेरै ३ अर्ब ६६ करोड ८७ लाख सङ्कलन भएको छ भने मूल्य अभिवृद्धि कर तर्फ १ अर्ब ७२ करोड ३६ लाख सङ्कलन गरिएको छ ।
यस्तै, अन्तः शुल्क पनि १६ करोड ६७ लाख रुपैयाँ सङ्कलन भएको शर्माको भनाई छ । अघिल्लो वर्षको तुलनामा आयकर तर्फ उल्लेख्य राजश्व बढेको उनले सुनाए ।
अघिल्लो वर्ष ३ अर्ब ३७ करोड राजश्व आयकरबाट सङ्कलन भएको थियो । अरू शीर्षकमा पनि सामान्य वृद्धि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : स्वास्थ्यमन्त्री घिमिरेलाई प्रवक्ताकाे जिम्मेवारी
-
कर्णालीमा रास्वपा : डोल्पा बाहेक सबैतिर वडादेखि जिल्लाको नेतृत्व चयन
-
इप्पानको विधान संशोधन सम्बन्धी विवाद समाधान: जेठ २९ गते अधिवेशन
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण