जापान पठाइदिन्छु भनी ७९ लाखभन्दा बढी ठगी, एक महिला पक्राउ
बुधबार, ०२ साउन २०८१, १९ : ३६
काठमाडौँ । जापान पठाइदिन्छु भनी ७९ लाखभन्दा बढी ठगी गर्ने एक महिला पक्राउ परेकी छिन् । वैदेशिक रोजगारको लागि जापानमा फेमिली भिसा लगाई पठाइदिन्छु भनी ७९ लाख ९७ हजार ९९९ रुपैयाँ ठगी गर्ने महिला पक्राउ परेकी हुन् ।
पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–१२ कमलबारी बस्ने ३८ वर्षीया मनुमाया थापा रहेकी छिन् । थापाले तनहुँको भिमाद नगरपालिका–५ घर भई हाल पोखरा महानगरपालिका– १ बस्ने ३८ वर्षीया रुपासरा रानालाई ठगी गरेको प्रहरीले जनाएको छ ।
थापाको साथबाट ४ लाख ८० हजार रुपैयाँ र विभिन्न ७ वटा बैकहरुको चेक बरामद गरिएको प्रहरीको भनाइ छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण