दोलखाबाट खैरो हेरोइनसहित २ जना पक्राउ
बुधबार, ०२ साउन २०८१, २० : १७
काठमाडौँ । प्रहरीले दोलखाको भिमेश्वर नगरपालिका–५ स्थित किराँतीछापबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिगु गाउँपालिका–३ बस्ने २६ वर्षीय विजय आचार्य र भिमेश्वर–४ घर भएका २९ वर्षीय मधुसुदन चौलागाईं छन् ।
आचार्यको साथबाट ६ दशमलव ४० ग्राम र चौलागाईंको साथबाट ४ दशमलव ६२ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्स्पेक्टर सत्रुधन महतोले जानकारी दिए । आरोपीहरु बर्दिबासबाट चरिकोटतर्फ आउँदै गरेको बा.३ ख १७९६ नम्बरको बसमा सवार थिए ।
उनीहरुविरुद्ध प्रहरीले लागु औषध मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
-
महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका
-
बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण