मौद्रिक नीतिको अघिल्लो दिन रास्वपाको छलफल, सभापति लामिछानेले स्वीकारे गल्ती
काठमाडौँ । मौद्रिक नीति सार्वजनिक हुने अघिल्लो दिन मात्र छलफल चलाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गल्ती स्वीकारेका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ ।
तर, रास्वपाले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सन्दर्भमा बिहीबार दिउँसो मात्र छलफल तथा अन्तरक्रिया कार्यक्रम राखेकोमा ढिला भएको भन्दै सभापति लामिछानेले गल्ती स्वीकार्यका हुन् ।
‘हुन त सरकारले भोलि नै मौद्रिक नीतिको तयारी गरेको जानकारी छ, यस सन्दर्भले हाम्रो छलफल केही ढिला हुन गयो । यसका पछाडि राजनीतिक गतिविधि र घटनाहरूले काम गर्यो । यस्तो छलफल कार्यक्रम हामीले अलि अघि नै गर्ने तयारी गरेका थियौँ । यद्यपि, ढिलै भएपनि राम्रो छलफल भएको छ’, सभापति लामिछानेले भने, ‘तर यस्तो सार्वजनिक मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै बन्द कोठामा नभएर खुल्ला मञ्जमा छलफल तथा अन्तरक्रिया गर्ने कार्यको गत वर्षदेखि नै सुरुवात गरिसकेको छ ।’
देशका महत्त्वपूर्ण मुद्दामा आम नागरिकहरूको चासो रहने बताउँदै सभापति लामिछानेले त्यस्तो मुद्दाको अन्तर्य, विषयवस्तुमाथि सार्वजनिक रूपमा नै छलफल तथा अन्तरक्रिया हुनुपर्ने बताए ।
बजेटका सन्दर्भमा यसपटक अघिदेखि नै सिद्धान्त तथा प्राथमिकताको सन्दर्भमा छलफल भएपनि नीति तथा कार्यक्रम र बजेटको सन्दर्भमा पर्याप्त छलफल हुन नसकेको उनले बताए । बजेट बनिसकेपछि, सार्वजनिक भइसकेपछि छलफलका लागि छलफल हुने गरेको भन्दै सभापति लामिछानेले आफूहरू अझै उल्टो बाटोमा रहेको तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण