बङ्गलादेशपछि भारतमा पनि जागिरमा आरक्षणको विरोध
कर्नाटक । भारतको दक्षिणी राज्य कर्नाटकमा निजी क्षेत्रको जागिरमा स्थानीयलाई आरक्षण दिने विधेयक रोक्का गरिएको छ । त्यहाँको सरकारले सो आरक्षण मस्यौदा विधेयक रोकेको हो ।
विधेयकले गैर–व्यवस्थापनसम्बन्धी जागिरमा ७० प्रतिशत र व्यवस्थापनसम्बन्धी जागिरमा ५० प्रतिशत जागिरमा स्थानीय कन्नड भाषा बोल्ने कन्नाडिगासका लागि आरक्षित गरेको छ ।
बुधवार राज्यका मुख्य मन्त्री सिद्धरामैयाले ठोस निर्णय गर्नुअघि मन्त्री परिषद्को आगामी बैठकमा विधेयकको समीक्षा गरिने बताएका थिए । यसैबिच राज्यमन्त्री प्रियंका खर्गेले यसलाई फिर्ता लिने त सवाल नै नरहेको बताएका छन् ।
सरकारको हैसियतमा आफूहरूले स्थानीय तहमा स्तरमा थप रोजगारी उपलब्ध गराउन प्रतिबद्ध रहेको उनले बताए । कर्नाटकले विश्वव्यापी कार्यबल उपलब्ध गराउँछ भन्ने सुनिश्चित गरिने पनि उनले बताए ।
विधेयकको विषयमा भारतीय जनता पार्टी (भाजपा) ले कर्नाटक सरकारलाई तारो बनाएको छ । भारतमा राज्यले पारित गरेको विधेयक कानुन बन्नुअघि यसलाई राज्यको विधान सभाले मोहर लगाउनुपर्छ र गभर्नरको स्वीकृति पनि चाहिन्छ ।
नयाँ आरक्षण विधेयक यी कदमभन्दा निकै पछाडि छन् । तर अहिले नै जनमानसमा यसले व्यापक आक्रोश उत्पन्न गराइरहेको छ । कर्नाटकको राजधानी बैंगलुरु भारतको आइटी हब हो ।
यहाँ गुगल, इन्फोसिस जस्ता बहुराष्ट्रिय कम्पनीको साथै अनगिन्ती स्टार्ट–अपको बाक्लो उपस्थिति रहेको छ । भारतभरका मानिसहरू जागिरको खोजीमा कर्नाटक जाने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण