कोटेश्वरको गेस्ट हाउसमा वेश्यावृत्ति गराएको आरोपमा दुई जना पक्राउ
शुक्रबार, ०४ साउन २०८१, ११ : २५
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ स्थित कोटेश्वरको गेस्ट हाउसमा वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ घर भएका ३२ वर्षीय नवीन थापा र काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ घर भएका १९ वर्षीय उज्ज्वल खड्का छन् ।
नवीन थापा गेस्ट हाउस सञ्चालक हुन् । आर्थिक प्रलोभनमा पारेर गेस्ट हाउस सञ्चालकले वेश्यावृत्तिमा लगाउने गरेको मानव बेचबिखन ब्युरोका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए । गेस्ट हाउसबाट ब्युरोले ६ जना बालिकालाई उद्धार गरेको छ । आरोपीहरु विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘५० हजार जरिवानाको कुरा भ्रम मात्रै, जरिवाना तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था’
-
गृहमन्त्री र मिटरब्याज पीडितबिच दोस्रो चरणको वार्ता सम्पन्न, माग पूरा नभए काठमाडौँतर्फको यात्रा अघि बढाउने चेतावनी
-
पूर्वमुख्यमन्त्री रावलको भाइरल भिडियो : के भएकाे थियाे ?
-
जोखिमयुक्त सडक वर्षाको समयमा बन्द गरेर भए पनि नागरिकको सुरक्षा गरिन्छ : मन्त्री लम्साल
-
चार महिनापछि इरानी संसद्मा पहिलो सार्वजनिक बैठक, होर्मुजसम्बन्धी विधेयक दर्ता
-
सांसद ऐन महरलाई कसले दियाे ज्यान मार्ने धम्की ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण