असममा मुस्लिम विवाह र सम्बन्ध विच्छेदको पुरानो कानुन खारेजीलाई स्वीकृति
नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) शासित असमको राज्य सरकारले मुस्लिमहरूको विवाह र सम्बन्ध विच्छेदसम्बनधी पुरानो कानुनलाई खारेज गर्न स्वीकृति दिएको छ । सन् १९३५ को असम मुस्लिम विवाह र तलाक दर्ता ऐनमा मुस्लिमहरूलाई विशेष परिस्थितिमा कम उमेरमा विवाह गर्ने अनुमति दिइएको छ । असम सरकारले यसलाई बालविवाह विरुद्धको निर्णय भनेको छ ।
‘पहिले हामीले यो कानुन खारेज गर्न अध्यादेश ल्याएका थियौँ, अहिले त्यसका लागि कानुन बनाउँदैछौं ।’ असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले पत्रकारसँग कुरा गर्दै भनेका छन् ।
‘हामी बालविवाहलाई धार्मिक दृष्टिकोणबाट हेर्दैनौँ । ८० प्रतिशत बालविवाह अल्पसङ्ख्यक समुदायमा हुन्छ भने २० प्रतिशत बहुसङ्ख्यक समुदायमा हुने गरेको छ’ उनले भने ।
अङ्ग्रेजी पत्रिका द हिन्दुका अनुसार पुरानो कानुनलाई खारेज गर्ने विधेयक असम विधानसभाको मनसुन सत्रमा पेस गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण