यूएईविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने
काठमाडौँ । श्रीलंकामा शुक्रबारदेखि सुरु भएको महिला एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । डम्बुलास्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती संयुक्त अरब इमिरेट्स (यूएई) लाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल नेपाली समयअनुसार २ : १५ बजे सुरु हुनेछ ।
नेपाली टोलीमा इन्दू बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, कविता कुँवर, कविता जोशी, पूजा महतो, बिन्दू रावल, सम्झना खड्का, काजोल श्रेष्ठ (विकेटकिपर), कृतिका मरासिनी र सबनम राई छन् ।
यसैगरी नेपालविरुद्धको खेलमा यूएईको टोलीमा एसा ओजा (कप्तान), थिर्था सतिष (विकेटकिपर), रिनिथा रजिथ, कविसा एगोडेग, समाइरा धरनिधरका, खुशी शर्मा, लावन्या केनी, वैष्णवी महेश, इन्धुजा नन्दकुमार, हिना हचन्दानी र रिथिका रजिथ रहेका छन् ।
जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते) सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभागजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘ए’मा परेको छ । दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तान पनि सोही समूहमा छन् । चौथो टोलीको रुपमा यूएई छ ।
प्रतियोगिताको समूह ‘बी’ मा भने श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् । प्रारम्भिक चरणको खेलपछि दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको समेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेलमा विजयी हुने दुई टोलीबिच साउन १३ गते फाइनल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण