के हो क्राउडस्ट्राइक ? जसका कारण विश्वभर माइक्रोसफ्टको विन्डोज प्रयोगकर्तालाई भइरहेछ समस्या
काठमाडौँ । क्राउडस्ट्राइकमा देखिएको समस्याका कारण शुक्रबार विश्वभर माइक्रोसफ्ट विन्डोज कम्प्युटर प्रयोगकर्ताहरूले समस्या भोगिरहेका छन् । यो समस्याका कारण विश्वभर सयौँ उडान सेवा ठप्प भए । बैंक तथा शेयर बजारको काम पनि प्रभावित भयो । क्राउडस्ट्राइकमा अपडेट गरेपछि यी समस्या सुरु भएका हुन् । समस्या देखिएको कुरा क्राउडस्ट्राइक आफैंले पनि स्वीकार गरेको छ । ‘हाम्रा इन्जिनियरहरू सक्रिय रूपमा यो समस्या समाधान गर्न काम गरिरहेका छन् र सपोर्ट टिकट खोल्न आवश्यकता छैन । समस्या समाधान हुनेबित्तिकै जानकारी गराइनेछ ।’ कम्पनीले भनेको छ ।
क्राउडस्ट्राइकले विन्डोज पीसीका लागि परिष्कृत साइबर सुरक्षा सोलुसन उपलब्ध गराउने गरेको छ । रिपोर्टहरूका अनुसार आउटेज पछाडिको कारण फाल्कनमा आएको प्राविधिक त्रुटि हो । यो विन्डोज प्रणालीलाई सुरक्षित राख्ने एउटा प्रमुख सुरक्षा प्रणाली हो । यही कारणले गर्दा विश्वभरका प्रयोगकर्ताहरूले आउटेजको सामना गरिरहेका छन् ।
कसरी काम गर्छ फाल्कनले ?
क्राउडस्ट्राइक साइबर सुरक्षा कम्पनी हो । यसले क्लाउड बेस्ड एन्डप्वाइन्ट प्रोटेक्शन सोलुसन उपलब्ध गराउँदै आएको छ । फाल्कन कम्पनीको ेमेन पडक्ट हो । यसले नेटवर्क र एन्डपोइन्टहरूमा समस्या उत्पन्न गराउने फाइल र व्यवहार पत्ता लगाउन र यसलाई रोक्न एआई प्रविधिको प्रयोग गर्दछ । फाल्कनले अनलाइन र अफलाइन दुबै खाले एन्डपोइन्टलाई सुरक्षा दिन्छ । कम्पनीको यो प्राविधिकले सङ्गठन वा व्यक्तिको उपकरणलाई प्रभावित पार्नु अघि नै ९९ प्रतिशत घातक खतराहरूको पत्ता लगाउन सक्ने दाबी क्राउडस्ट्राइकको छ । आउटेजका कारण अस्ट्रेलिया, जापान, भारतलगायत देशका व्यवसायी तथा मानिसहरूलाई समस्या भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण