राष्ट्र बैंकले १० रुपैयाँका ३४ करोड थान नोट छाप्ने, बोलपत्र आह्वान
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० रुपैयाँका ३४ करोड थान नयाँ नोट छाप्ने भएको छ । शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकले नोटको डिजाइनसहित छपाई र ढुवानीसहितको जिम्मेवारीका लागि अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको हो ।
तथापि, राष्ट्र बैंकबाट गत अक्टोबर २०२१ मा नै जारी बोलकबोलमा सहभागी भई प्रारम्भिक छनोटमा परेका योग्य कम्पनी तथा फर्महरूलाई पुनः दरखास्त आह्वान गरेको हो । योग्य आवेदनकर्ताले एकल चरण दुई खाममा छुट्टाछुट्टै छापसहितको दुईवटा आवेदन हाल्नुपर्नेछ ।
राष्ट्र बैंक मुद्रण विभागका अनुसार आवेदन आउँदो अगस्ट ८, २०२४ मा खुल्नेछ । योग्य छनोटमा परेका आवेदकले सेप्टेम्बर २, २०२४ दिनको १ बजेसम्म आवेदन दिन सक्नेछन् । छनोटमा परेका र टेन्डर पाएको कम्पनीले स्वीकृतिको अधिकतम १२० दिनभित्र नोट छपाई गरी ढुवानी समेत गरिसक्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । आवेदक कम्पनीले धितोको रूपमा अधिकतम २ करोड २० लाख रुपैयाँ राख्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण