'अन टेस्ट' बाइकबाट नेपाली नक्कली नोटको ओसारपसार, एक जना पक्राउ
शुक्रबार, ०४ साउन २०८१, २० : ५६
काठमाडौँ । नक्कली नेपाली नोटसहित बारा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सिम्रौनगढ नगरपालिका वडा नं. २ महुवाही बस्ने वर्ष ३५ का छठु गिरीलाई ईलाका प्रहरी कार्यालय सिम्रौनगढले पक्राउ गरेको हो ।
बिहीबार प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिएको टोलीले महुवाहीस्थित सडक खण्डमा महुवाहीबाट नयकाटोल तर्फ जाँदै गरेको 'अन टेस्ट' बाइकमा नक्कली नोट ओसार पसार भइरहेको फेला पारेको थियो ।
गिरीको साथबाट नेपाली रु. १ हजार दरको पचासी हजार बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
गिरीविरुद्ध खोटा मुद्रासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट दिन ८ म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले शुक्रबार जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘५० हजार जरिवानाको कुरा भ्रम मात्रै, जरिवाना तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था’
-
गृहमन्त्री र मिटरब्याज पीडितबिच दोस्रो चरणको वार्ता सम्पन्न, माग पूरा नभए काठमाडौँतर्फको यात्रा अघि बढाउने चेतावनी
-
पूर्वमुख्यमन्त्री रावलको भाइरल भिडियो : के भएकाे थियाे ?
-
जोखिमयुक्त सडक वर्षाको समयमा बन्द गरेर भए पनि नागरिकको सुरक्षा गरिन्छ : मन्त्री लम्साल
-
चार महिनापछि इरानी संसद्मा पहिलो सार्वजनिक बैठक, होर्मुजसम्बन्धी विधेयक दर्ता
-
सांसद ऐन महरलाई कसले दियाे ज्यान मार्ने धम्की ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण