अवैधरुपमा ओसारपसार गर्न लागिएका गोरुसहित ट्रक चालक नियन्त्रणमा
शुक्रबार, ०४ साउन २०८१, २१ : ४१
मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–११, थानाभर्याङबाट आज दिउँसो अवैधरुपमा ओसारपसार गर्न लागिएका १८ वटा गोरुसहित ट्रक नियन्त्रणमा लिएको छ ।
दिउँसो १२ बजेको समयमा स्थानीय भान्जा वर्कशपभित्र राखेको अवस्थामा १८ वटा गोरु र ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना७ख ६६६८ नंको ट्रकमा गोरु ‘लोड’ गरी आउँदै गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गोरु र ट्रकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले ट्रकचालक मनहरी गाउँपालिका–५, वसन्तपुर बस्ने ३० वर्षीय अनिल बयलकोटीलाई नियन्त्रणमा लिएर गोरु, ट्रक र ट्रकचालकलाई आवश्यक अनुसन्धानका लागि पशु क्वारेन्टिन कार्यालय पथलैया पठाएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण