कराते र महिला क्रिकेटमा ऐतिहासिक जित निकाल्ने खेलाडीलाई खेलकुदमन्त्रीले दिए बधाई
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भुटानको थिम्पुमा भएको ८ औँ साउथ एशियन कराते प्रतियोगितामा नेपाली टिम प्रथम तथा एसीसी वुमन्स एसिया कपमा यूएईमाथि भएको ऐतिहासिक जितप्रति खेलाडीहरूलाई बधाई दिएका छन् ।
शुक्रबार युवा तथा खेलकुदमन्त्री चौधरीले आफ्नो सचिवालयको अफिसियल फेसबुकमार्फत दुवै प्रतियोगीताका खेलाडीहरूलाई बधाई दिएका हुन् । उनले फेसबुकमार्फत नेपाली महिला क्रिकेट टोलीलाई बधाई दिँदै भनेका छन्, ‘नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात निकालेकोमा नेपाली महिला क्रिकेट टोलीप्रति हार्दिक तथा शुभकामना व्यक्त गर्न चाहन्छु।’
११६ रनको लक्ष्य पछ्याएको नेपालले १६।१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। यसअघि नेपाल एसिया कपमा २०१२ मा तीन र २०१६ मा ५ खेलमा नेपाल पराजित भएको थियो । नेपालको जितमा सम्झना खड्का ४५ बलमा ११ चौकासहित ७२ रनमा नट आउट रहिन् । पूजा महतो ७ रनमा नट आउट रहिन् ।
यस्तै खेलकुद मन्त्री चौधरीले भुटानको थिम्पुमा भएको ८ औँ साउथ एशियन कराते प्रतियोगितामा नेपाली टिम प्रथम भएकमा खेलाडीहरूलाई बधाई दिएका छन् । उनले बधाई दिँदै फेसबुकमा लेखेका छन्, ‘मित्र राष्ट्र भुटानको थिम्पुमा भएको ८ औँ साउथ एशियन कराते प्रतियोगितामा नेपालले ३१ स्वर्ण २० रजत र ११ कास्यसहित कूल ६२ पदकसहित टिम प्रथम भएकोमा हार्दिक बधाई दिन चाहन्छु ।’
८ औँ साउथ एशियन कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण २० रजत र ११ कास्यसहित कूल ६२ पदकसहित टिम प्रथम भएको छ, जसमा प्रतियोगिताको अन्तिम दिन नेपाललाई स्वर्ण दिलाउन सफल खेलाडीहरुमा पुरुष क्याडेटतर्फ –५२ किलोमा समन श्रेष्ठ,–६३ किलोमा साहिल राई, जुनियर तर्फ –६८ किलोमा निशान तामाङ्ग, त्यसैगरी यु–२१,–८४ किलोमा गौरव नेपाल, ं८४ किलोमा आशिष श्रेष्ठ रहेका छन्।
यस्तै पुरुषकै सिनियरतर्फ–५५ किलोमा एलोन श्रेष्ठ,–६७ किलोमा सन्तोष श्रेष्ठ, –८४ किलोमा मोहम्मद सेखु आलम र ं८४ किलोमा विप्लब लाल श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए ।
साथै उनले ३३ गृष्मकालीन पेरिस ओलम्पिक २०२४ मा भाग लिन जाने खेलाडी तथा प्रशिक्षकलाई नेपालीको शीर उँचो पार्ने गरी खेल खेल्न आग्रह गर्दै शुभकामना दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण