बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३२ पुग्यो
काठमाडौँ । बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा शुक्रबार थप ५ जनाको मृत्यु भएको छ । सो आन्दोलनमा मृत्यु हुनेको संख्या योसहित ३२ पुगेको छ ।
विद्यार्थीहरुले सम्पूर्ण बन्दका कार्यक्रमहरुलाई जारी राख्ने घोषणा गरेका छन् । बिहीबार भएको हिंस्रक विरोध प्रदर्शनका भिन्नाभिन्नै घटनामा २५ जनाको मृत्यु भएको थियो । बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा विश्वविद्यालयका विद्यार्थीहरुले देशव्यापी आन्दोलन चर्काएका हुन् ।
आन्दोलन र हिंसा निरन्तर बढ्दै गइरहेको छ । देशका धेरै ठाउँमा इन्टरनेट सेवा बन्द गरिएको छ । आन्दोलनकारीले सरकारी जागिरमा आरक्षण खारेज गर्नुपर्ने माग गरिरहेका छन् ।
विद्यार्थीहरूले १९७१ को मुक्ति सङ्ग्राममा लडेका सैनिकका छोराछोरीलाई सरकारी जागिरमा आरक्षणको विरोध गरिरहेका छन् । सन् १९७१ मा बङ्गलादेश पाकिस्तानबाट छुट्टिएको थियो । स्वतन्त्रताको युद्ध लडेकाहरूलाई यहाँ मुक्ति योद्धा भनिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण