शुभमनसँग विवाहको हल्लाबारे के भन्छिन् रिद्धिमा ?
मुम्बई । टिभी अभिनेत्री रिद्धिमा पण्डित यतिबेला आफ्नो बिहेको खबरलाई लिएर चर्चामा छिन् । उनको नाम क्रिकेटर शुभमन गिलसँग जोडिएको छ ।
मिडिया रिपोर्टमा यो दाबी गरिएको छ कि अभिनेत्रीले आफूभन्दा ९ वर्ष कान्छा शुभमन गिलसँग सन् २०२४ को डिसेम्बरमा विवाह गर्न लागेकी छिन् । रिद्धिमाले एक अन्तर्वार्तामा यी रिपोर्टहरूबारे स्पष्टीकरण दिएकी छिन्।
फिल्मी ज्ञानलाई दिएको अन्तर्वार्तामा रिद्धिमाले भनिन्, ‘पहिलो कुरा त म शुभमनलाई चिन्दिनँ । उहाँ एक महान् खेलाडी हुनुहुन्छ तर म उहाँलाई व्यक्तिगत रूपमा चिन्दिनँ। जब म उहाँलाई भेट्छु म पक्का छु कि हामी यस बारे कुरा गरेर हाँस्नेछौँ। उहाँ धेरै क्युट हुनुहुन्छ तर अहिले त्यस्तो केही छैन।’
केही महिनाअघि पनि रिद्धिमाले सामाजिक सञ्जालमा शुभमनसँगको विवाहको खबरलाई अस्वीकार गरेकी थिइन् । पोस्ट सेयर गर्दै उनले भनेकी थिइन्– मेरो बिहानी धेरै पत्रकारको फोनबाट सुरु भयो । सबैजना मेरो आगामी विवाह बारे जान्न चाहन्थे। तर कुन बिहे ? को सँग ?
यदि मेरो जीवनमा यस्तै केही भइरहेको छ भने । यदि म विवाहको बारेमा सोच्दै छु भने, म व्यक्तिगत रूपमा घोषणा गर्नेछु। अहिले यो समाचारमा कुनै सत्यता छैन ।
रिद्धिमा पण्डित ‘बहु हमारी रजनीकान्त’ र ‘खतर खतर’ जस्ता टेलिभिजन शोमा देखिएकी थिइन् । छिट्टै उनी चर्चित टिभी शो ‘नागिन’ को सातौं सिजनबाट कमब्याक गर्दैछिन् । यस शोमा रिद्धिमाको चरित्र श्रीदेवीको फिल्म नगिनाबाट प्रेरित हुने बताइएको छ ।
रिद्धिमाभन्दा पहिले शुभमनको नाम सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकर र सारा अली खानसँग पनि जोडिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण