एनसीएचएल र आइएमएस सफ्टवेयरबिच नेपाल पे क्युआर इन्टिग्रेट गर्नका लागि सम्झौता
काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) र आइएमएस सफ्टवेयरबिच आइएमएसको बिलिङ सफ्टवेयरमा नेपाल पे क्युआर इन्टिग्रेट गर्नको लागी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र आइएमएसका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरेका हुन् ।
यस साझेदारीपछि आइएमएसका ग्राहकहरूले आफ्नो बिलिङ सफ्टवेयरमा नेपाल पे क्युआर इन्टिग्रेट गरी आफ्नो तोकिएको बैंक खातामा सोझै भुक्तानी प्राप्त गर्न सक्नेछन् । यस सेवाको सुरुवातसँगै आईएमएसका बिलिङ सफ्टवेयर प्रयोग गरी मर्चेन्टहरुलाई नेपाल पे क्यूआरमार्फत् सहज रूपमा भुक्तानी प्राप्त गर्ने सुविधा हुनका साथै भुक्तानीकर्ताले पनि सजिलै आफ्नो मोबाइल बैंकिङ्ग, वालेट वा कनेक्ट आइपिएमार्फत भुक्तानी गर्न सक्नेछन् ।
आइएमएस सफ्टवेयर नेपालको एक अग्रणी सफ्टवेयर कम्पनी हो । आइएमएसले आफ्ना ग्राहकहरूका लागि बिलिङ सफ्टवेयरका साथै सेल्स पिओएस सिस्टम पनि प्रदान गर्दै आएको छ । आइएमएसले विभिन्न क्षेत्र, रिटेल बिजनेस, मर्चेन्ट गरी नेपाल, भारत, मलेसिया र जापान लगायतका देशहरूमा २० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारी ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण