अमेरिकामा ‘डिसी पासपोर्ट उत्सव २०१८’ सम्पन्न
वाशिंगटन डिसी । अमेरिकाको राजधानी वाशिंगटन डिसीमा हरेक बर्ष मनाइने ‘पासपोर्ट डिसी उत्सव २०१८’ भव्यताका साथ सम्पन्न भएको छ ।
वाशिंगटन डिसीस्थित नेपाली दूताबासले हरेक बर्ष सहभागिता जनाउदै आएको पासपोर्ट डिसी २०१८ उत्सव अबलोकन गर्न यसवपटक करिब २५ सयको संख्यामा पर्यटकहरु आएको दुताबासले जनाएको छ ।
पासपोर्ट डिसी कार्यक्रमको आयोजना सांस्कृतिक पर्यटन डिसी नामक गैर मुनाफा संस्थाले गर्दछ । पासपोर्ट डिसी २०१८ उत्सवको मुख्य उदेश्य पर्यटन तथा डिसी क्षेत्रमा बसोबास गरीरहेका स्थानीय समुदायलाई बिभिन्न राष्ट्रहरुका संस्कृति तथा परम्परालाई सम्बर्धन तथा प्रवर्धन गर्नु रहेको बताइएको छ ।
पासपोर्ट डिसी उत्सवमा सहभागी जनाउन नेपाली समुदायका सञ्चारकर्मी, समाज सेवी, विभिन्न संघ तथा संस्थाका प्रतिनिधि, व्यवसायी, स्थानियबासी तथा बिभिन्न राष्ट्रहरुका पर्यटकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
प्रदर्शनमा मुर्ति, हस्तकलाका सामग्री, ऐतिहासिक स्थानका तस्बिरहरु ,प्राकृतिक दृश्य तथा संस्कृति झल्कने तथा नेपालको प्रबर्धनसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएकोे थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण