राष्ट्रिय जनमोर्चाले सरकारलाई विश्वासको मत दिँदैन : चित्रबहादुर केसी
बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले कांग्रेस गठबन्धन सरकारलाई विश्वासको मत नदिने बताएका छन् । सरकारले गरेका राम्रा कामको समर्थन गर्ने र नराम्रा कामको विरोध गरिने बताउँदै केसीले प्रधानमन्त्री केपी ओलीलाई विश्वास मत नदिने बताएका हुन् ।
प्रगतिशील पत्रकार सङ्घ नेपालले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार चलाउनेहरूको चरित्र र व्यवहार गतिलो नभएकोले विश्वासको मत दिन नसकिने बताए । कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीबिच असार १७ गते राति भएको सहमति सार्वजनिक गर्नुपर्ने समेत अध्यक्ष केसीको भनाइ छ ।
रातारात गरेको ७ बुँदे सहमतिमा भएका विषय जनतालाई जानकारी गराउनुपर्ने बताउँदै उनले भने, ‘जनताको आँखामा छारो हालेर देशलाई कमाइ खाने भाँडो बनाउन पाइँदैन ।’
छलछामको राजनीतिले राम्रो सन्देश नदिने बताउँदै उनले कांगेस एमालेको बिचमा भएको ७ बुँदेमा संविधान संशोधन गरेर प्रदेश हटाउने सहमति भए सरकारलाई समर्थन गर्न सकिने बताए । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले कांग्रेस र एमाले गठबन्धनको सरकार कहिलेसम्म टिक्छ अहिले केही भन्न नसकिने बताए ।
उनले सत्ता चलाउँदै आएका नेताहरूको गल्तीका कारण लोकतन्त्र र गणतन्त्रको स्थायित्व हुन नसकेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण