महिला एसिया कप : आज नेपालले पाकिस्तानको र युएईले भारतको सामना गर्ने
काठमाडौँ । श्रीलङ्कामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै छ ।
नेपाल र पाकिस्तानबिचको खेल श्रीलङ्काको डम्बुला मैदानमा आज साँझ ७ः१५ बजे सुरु हुनेछ ।
नेपाल पहिलो जितले उत्साह साथ बलियो प्रतिद्वन्द्वविरुद्ध मैदानमा हुनेछ । पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ।
नेपालले प्रतियोगिताको उद्घाटन खेलमा चिरपरिचित प्रतिस्पर्धी युएईलाई ६ विकेटले हराउँदै एसिया कपमा पहिलो ऐतिहासिक जित निकालेको थियो ।
आजै हुने समूह ‘ए’ को अर्को खेलमा युएईले भारतको सामना गर्दै छ । भारत लगातार जित निकाल्दै अघिल्लो चरणको ढोका खोल्न चाहन्छ भने युएई पहिलो जितको खोजीमा हुनेछ । यो खेल आज दिउँसो २ः१५ बजे सुरु हुनेछ ।
प्रतियोगितामा आठ टोली सहभागी छन् । दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै युएई छ । त्यस्तै, समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण