विश्वासको मतको विपक्षमा मतदान गर्न एकीकृत समाजवादीका सांसदलाई ‘ह्विप’
आइतबार, ०६ साउन २०८१, ०९ : ०८

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ ।
प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ‘ह्विप’ जारी गरेको नेता मेटमणि चौधरीले जानकारी दिए ।
उनले भने, “सरकारमा सहभागी दलको साझा नीति तथा कार्यक्रमका आधारमा पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्नेछ । पार्टीले प्रतिपक्षमा रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्नेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाचार हटाउने आदेशविरुद्ध आज दर्जन बढी वकिलले बहस गर्दै
-
अझै खुलेनन् सुनचाँदी पसल, व्यवसायी राष्ट्रिय भेलामा
-
असारमा केन्द्रीय समिति बैठक बोलाउनेबारे के भन्छन् माओवादी नेताहरू ?
-
एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न
-
कैलाली भन्सार कार्यालयद्वारा ७ अर्ब ८१ करोड राजस्व सङ्कलन
-
उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान