बङ्गलादेशमा कर्फ्युबिच पनि हिंसा, ढाकामा एकै दिन १० जनाको मृत्यु
आइतबार, ०६ साउन २०८१, १० : ०८
ढाका । बङ्गलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा हिंसा रोकिने कुनै सङ्केत छैन । हिंसात्मक प्रदर्शन रोक्न कर्फ्यु लगाइएको भएपनि राजधानी ढाकामा शनिबार भएको हिंसात्मक झडपमा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
यस क्रममा कम्तीमा ९१ जना घाइते भएका छन् । मारिनेमा दुई प्रहरी पनि भएको बताइएको छ । ढाकाको जात्राबारीको रायर बागमा ८ जनाको मृत्यु भएको छ भने मिरपुर र अजिमपुरमा अरु २ जनाको मृत्यु भएको छ ।
शनिबार ढाकाको बड्डा र सैयदाबाद क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको थियो । गएको मंगलबारदेखि सुरु भएको हिंसामा हालसम्म देशभर कम्तीमा ११० जनाको मृत्यु भइसकेको छ
सरकारले शुक्रबार मध्यरातबाट कर्फ्यु लगाएको थियो । देशभर सेना परिचालन गरिएको छ । कर्फ्यु आइतबारसम्म लम्ब्याइएको छ । आइतबार र सोमबार पनि सार्वजनिक बिदा दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण