समाचार
कवाडीमा दिन लागिएको १०६ वर्ष पुरानो दमकल मर्मतपछि सञ्चालनमा (तस्बिरहरू)
आइतबार, ०६ साउन २०८१, ११ : ०१

ललितपुर । ललितपुर महानगरपालिकाले १०६ वर्ष पुरानो दमकल (जुद्ध वारुण यन्त्र) मर्मतपछि सञ्चालनमा ल्याएको छ । झन्डै ४० वर्षयता प्रयोगमा नआएको उक्त दमकल मर्मत संहार गरेर आजबाट सञ्चालनमा ल्याइएको हो ।
उक्त दमकलको मोहन प्रसाद नहकर्मीले मर्मत गरेका हुन् । विभिन्न देशबाट आवश्यक पुर्जा सङ्कलन गरेर नहकर्मीले दमकल मर्मत गरेका हुन् । यो दमकललाई आज ललितपुर, काठमाडौँ र भक्तपुरमा परीक्षण गरिने ललितपुर नगर प्रहरी प्रमुख सिताराम हाथेछुले जानकारी दिए ।
यो दमकल प्रयोगमा आएसँगै ललितपुर महानगरसँग रहेको दमकलको सङ्ख्या ६ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमत पार्टीले मधेस सरकारका दुई मन्त्री फेरबदल गर्दै
-
दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अनुमति
-
म्यानचेस्टर युनाइटेडले बर्खास्त गरे क्षतिपूर्ति दाबी गर्दिनँ : प्रशिक्षक रुबेन
-
सगरमाथा आरोही छत्यालको बढुवा, दर्ज्यानी चिन्ह प्रदान
-
जापान एयरलाइन्सको नेपालमा उडान सुरु गर्न जापानका परराष्ट्रमन्त्रीसँग आग्रह
-
सिटिजन्स बैंकद्वारा शव दाह गृह निर्माणका लागि आर्थिक सहयोग