सेयर बजार हरियो भयो, अब देशको पूरै बजार चलायमान हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आउने वित्तिकै सेयर बजार हरियो भएको बचाउँदै अब देशभरका बजार चलायमान हुने दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा उनले सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाणको रूपमा सेयर बजार रहेको बताए ।
उनले भने– ‘हाम्रो कार्य योजना प्रारम्भ हुनासाथ उत्साहको शृङ्खला प्रारम्भ भएको छ । अर्थतन्त्रको ऐना मानिने शेयर बजार हरियो भएको छ । ५० लाखभन्दा बढी संलग्न शेयर बजार पछिल्लो २ सातामा ४ सय अङ्कले बढेको छ । नेप्से २७ महिना यताकै उच्च भएको छ । हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण यो हो । अब शेयर बजार मात्र होइन देशको पूरै बजार चलायमान हुनेछ ।’
उनले सिङ्गो देशलाई चलायमान बनाउने अनुभव बोकेको बताउँदै २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय जगतले समेत प्रशंसा गर्ने काम गरेको अनुभव रहेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण