नेप्से ६१ अंकले बढ्यो, १५ अर्ब बढीको कारोबार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५ सय अंक बिन्दुको नजिक पुगेर फर्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउने दिन नेप्से परिसूचक २५ सय अंक आसपास पुगेको थियो । तर, अन्तिम समयमा सामान्य ‘करेक्सन’ हुँदै परिसूचक ६० अंक बढेर बन्द भएको हो ।
कारोबारको मध्य समयतर्फ नेप्से परिसूचक २४ सय ९४ अंकसम्म पुगेको थियो । यद्यपि अन्तिम समयमा ६१.६१ अंकको वृद्धिसँगै आइतबार परिसूचक २४ सय ८८ दशमलव ९४ अंकमा पुगेर रोकिएको छ । यो २.४८ प्रतिशतको वृद्धि हो । यसक्रममा आइतबार १५ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
आइतबार १८१ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ५६ कम्पनीको मूल्य घट्दा ५ कम्पनीको मूल्य स्थिर छ । परिसूचक उत्साहजनक रुपमा बढ्दा ९ वटा कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ । यसमध्ये २ वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लाग्दा ७ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
आइतबार कारोबार भएका सबै १३ वटै समूहमा सुधार आएको छ । यसक्रममा सबैभन्दा धेरै होटल समूहको सूचक २५९ अंकले र व्यापार समूहको सूचक २३० अंकले बढेको छ । यस्तै उत्पादनमूलक उद्योग समूहको सूचक २१३ अंकले बढेको छ । यसबाहेक जीवन बीमा समूहको सूचक १७४ अंकले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण