बालेनविरुद्ध विज्ञप्ति : परिस्थितिले हिंसात्मक रुप लिए तपाईंले नै जिम्मेवारी लिनुपर्छ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोडमा गरिरहेको फुटपाथ विस्तारको विरोधमा स्थानीयको नाममा आइतबार एक विज्ञप्ति जारी भएको छ । वडा नम्बर २२, २३ र २४ का स्थानीय जनताको नाममा जारी विज्ञप्तिमा आफूहरुले फुटपाथ विस्तारविरुद्ध शान्तिपूर्ण विरोधका कार्यक्रम गरिरहेपनि नगरप्रहरी र अन्य व्यक्तिहरुले धाकधम्की दिने र आतंक सिर्जना गरेर परिस्थितिलाई जबरजस्ती हिसात्मक बनाउने कोशिस गरिरहेको आरोप लगाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘ हाम्रो बिरोधका कार्यक्रमहरुमा तपाईंले खटाउनु भएका नगर प्रहरी र अन्य ब्यक्तिहरुले आफ्नो बैधानिक अधिकार, अनुशासन र कार्य क्षेत्र नाघेर बिभिन्न हतियार बोकेर स्थानीयहरुलाई धाक धम्की दिने तथा आतंक सिर्जना गरी परिस्थितिलाई जबरजस्ती हिंसात्मक बनाउने कोशिस पनि गरिरहेकोले त्यस्ता क्रियाकलाप तुरुन्त बन्द गर्न पनि अनुरोध गर्न चाहन्छौं । नगर प्रहरी र तपाईंका त्यस्ता प्रतिनिधिहरुको यस्तै गैर जिम्मेवारपूर्ण हर्कतहरुका कारण हाम्रो चाहना बिपरित परिस्थितिले हिंसात्मक रुप लियो भने यसको सम्पूर्ण जिम्मेवारी तपाईकै हुने पनि विनम्र अनुरोध गर्न चाहन्छौं ।’
यसैबीच फुटपाथ विस्तारविरुद्ध वडा नम्बर २२ का अध्यक्ष चीनकाजी महर्जनले विरोध गर्दै सडकबाटै कामकाज थालेका छन् । केही स्थानीयलाई समेत साथमा लिएर उनले फुटपाथ विस्तारको विरोध गर्दै आएका छन् । फुटपाथ बिस्तार निर्णय फिर्ता नभएसम्म २२ वडाका सम्पूर्ण कामकाज धर्मपथ सडक खण्डको नेपाल बैंक जाने सडकमा धर्नाको लागि बनाएको पालभित्रबाट सञ्चालन गरिने महर्जनले बताए ।
त्यसका लागि उनले त्यहीँ कुर्सी टेबल राखेर आफ्नो कार्य क्षेत्र बनाएका छन् । तर, महानगरपालिकाले अहिले फुटपाथ विस्तार गर्न लागेको भने वडा नम्बर २४ को भूभाग हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ठमेलमा अश्लील गतिविधि र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ५ विदेशी महिला पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति नियुक्तिका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सकियो
-
रोयल्टी नतिर्ने १०३ वटा संस्थाविरूद्ध प्रहरीमा जाहेरी, ३ मुद्दा अदालतमा
-
विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला
-
ऊर्जाको मूल्य घट्दा युरोजोनको मुद्रास्फीति २.८ प्रतिशतमा
-
बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा ४ जना महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण