स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ
आइतबार, ०६ साउन २०८१, १९ : ०१

बारा । विश्रामपुर गाउँपालिका-१ घोडासाहन नाकाबाट स्रोत नखुलेको नगद १० लाख २० हजार रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा फेटा गाउँपालिका-६ पुरैनिया बस्ने ४१ वर्षीय सैदुल्ला मिया ठकुराई र २२ वर्षीय बागर अन्सारी रहेका छन् ।
इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.३६ प ४५६३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैलाई हिरासतमा थुनेर जनताको निराशा हटाउन सकिन्न : जनार्दन शर्मा
-
अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो
-
ट्रम्पको गतिविधि हेरेर छक्क परेर बस्ने छुट हामीलाई छैन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बागमती सरकारलाई ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब
-
युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै