अस्पतालबाट डिस्चार्ज भइन् जाह्नवी
मुम्बई । बलिउड अभिनेत्री जाह्नवी कपूर अस्पतालबाट डिस्चार्ज भएकी छन् । फुड पोइजनिङका कारण जुलाई १८ मा जाह्नवीलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि उनलाई जुलाई २० मा डिस्चार्ज गरिएको हो ।
जाह्नवीलाई अस्पतालबाट डिस्चार्ज गरेपछि बुबा बोनी कपूरले उनको स्वास्थ्य अपडेट दिएका थिए। बोनी कपूरले भने- जाह्नवीलाई शनिबार बिहान डिस्चार्ज गरिएको छ । अहिले उनी पहिलेभन्दा राम्रो छिन् । रिपोर्टका अनुसार भाउजू खुसी कपुर र प्रेमी शिखर पहाडियाले उनको हेरचाह गरिरहेका छन् ।
जाह्नवीको आगामी फिल्म उलझमा देखिने छिन् । यो फिल्म भदौ २ गते रिलिज हुँदैछ । जाह्नवी यस फिल्ममा आईएफएस अफिसरको भूमिकामा देखिनेछिन् । चलचित्रका निर्देशक राष्ट्रिय अवार्ड विजेता सुधांशु सारिया हुन् । चलचित्रलाई जंगली पिक्चर्सले निर्माण गरेको हो । फिल्ममा जाह्नवीका अलावा गुलशन देवैया र रोशन म्याथ्यू पनि देखिनेछन् ।
'उलज' बाहेक, जान्हवीसँग अन्य दुईवटा फिल्महरू छन् जसमा जुनियर एनटीआरसँग देवरा पार्ट वन र सनी संस्कारीको तुलसी कुमारी समावेश छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण