हसन अलीले भने– पाकिस्तानमा नआए हामी भारतविना च्याम्पियन्स ट्रफी खेल्नेछौँ
इस्लामाबाद । पाकिस्तान सन् २०२५ मा आईसीसी च्याम्पियन्स ट्रफी आयोजना गर्न तयार छ । भारत र पाकिस्तानबिच चलिरहेको राजनीतिक तनावका कारण भारतले पाकिस्तान भ्रमण नगर्ने खबर बाहिर आएको छ, जसले आयोजकलाई ठुलो झट्का लाग्न सक्छ ।
भारतले पाकिस्तान भ्रमण नगरेको खबरलाई लिएर पाकिस्तानी क्रिकेटर हसन अलीले तिखो प्रतिक्रिया दिएका छन् । उनले भारत बिना नै खेल्ने बताएका हुन् ।
साम टिभीसँग कुरा गर्दै उनले भने, ‘यदि हामी भारतसँग खेल्न जान सक्छौँ भने उनीहरू पनि पाकिस्तान आउनुपर्छ । खेलकुदलाई राजनीतिबाट टाढा राख्नुपर्छ भनेर धेरैले अनगिन्ती पटक भनेका छन् । फरक दृष्टिकोणबाट हेर्ने हो भने धेरै भारतीय खेलाडीले पनि आफ्नो अन्तर्वार्तामा पाकिस्तानमा खेल्न चाहेको बताएका छन् ।’
उनले भारतीय टोली पाकिस्तानसँग खेल्न आउन चाहेको तर आफ्नो देश र बोर्डको निर्णय हेर्नुपर्ने बताए । १९ फेब्रुअरी २०२५ देखि सुरु हुने यो प्रतियोगिता मार्च ९ सम्म चल्नेछ । च्याम्पियन्स ट्रफीको फाइनल खेल लाहोरको गद्दाफी स्टेडियममा हुनेछ ।
हिन्दुस्तान टाइम्सका अनुसार बीबीसीआईले भारतका खेलहरू दुबई वा श्रीलंकामा सार्न आईसीसीलाई अनुरोध गर्ने बताइएको छ। यी रिपोर्टहरूमा प्रतिक्रिया दिँदै पाकिस्तानी क्रिकेटर हसन अलीले भने, ‘यदि भारतले पाकिस्तान आउन अस्वीकार गर्यो भने, यो प्रतियोगिता भारत बिना नै खेलिनेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण