पर्यटन व्यापारमा श्रीलंकाको उल्लेखनीय सुधार
एजेन्सी । सन् २०२४ को जुलाई मध्यसम्ममा श्रीलङ्कामा १० लाख बढी पर्यटक घुम्न पुगेका छन् । श्रीलङ्का पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) का अनुसार जुलाई १८ सम्ममा १ मिलियन बढी अर्थात् १० लाख १९ हजार ६४२ विदेशी पर्यटक श्रीलङ्का भित्रिएका हुन् ।
जुलाईको पहिलो साता ४३ हजार ८३ पर्यटक श्रीलङ्का भित्रिएकामा दोस्रो साता ४२ हजार ३ सय ४३ र तेस्रो साताको पहिलो चार दिनमा नै २३ हजार ९६७ पर्यटक भित्रिएको प्राधिकरणको भनाइ छ । जुलाईको १८ दिनमा नै १ लाख ९ हजार ३९३ पर्यटक भित्रिनुले उत्साह भरेको प्राधिकरणले जनाएको छ ।
कुल पर्यटक आगमनमध्ये सबैभन्दा बढी भारतबाट २७ हजार ५७४ जना (२५ प्रतिशत) भित्रिएको जनाएको प्राधिकरणले अरू दोस्रो तथा तेस्रो मुलुकहरू अमेरिका, चीन, जर्मनी र नेदरल्याण्ड्सबाट समेत उल्लेखनीय सङ्ख्यामा पर्यटक भित्रिएको प्राधिकरणले जनाएको छ ।
त्यसो त केही समय अघिसम्म तीव्र आर्थिक मन्दीको सामना गरेको श्रीलङ्काले छिट्टै आर्थिक प्रगति गरेको छ । विदेशी मुद्रा सञ्चिति रित्तिएर अर्थतन्त्र सङ्कटमा परेकोमा देशको पर्यटनसँगै अन्य वस्तु निर्यात र रेमिट्यान्सले श्रीलंकाका अर्थतन्त्र सुधारमा भएको छ ।
प्राधिकरणका अनुसार कोभिड–१९ पछि मात्र श्रीलङ्काले पर्यटन क्षेत्रको सुधार एवं विकासका लागि ९५० मिलियन अर्थात् ९५ करोड रुपैयाँ बढी लगानी गरिसकेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण