प्रधानमन्त्री विषयान्तर भएपछि वर्षमान उठे, सभामुखले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराए
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रममा विषयान्तर गर्न खोजेको भन्दै माओवादी केन्द्रका सांसद वर्षमान पुनले आपत्ति जनाएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओली सांसदसँगको सवाल जवाफका लागि रोष्ट्रममा पुगेपछि सांसदको प्रश्नको जवाफ दिनुको साटो विषयान्तर गर्दै विद्युत महसुललगायतका विषयमा केन्द्रित भएर बोल्न थालेपछि सांसद पुन आसनबाट उठेर नियमापत्ति गरेका थिए ।
उनले प्रधानमन्त्रीले गालीगलोज गरेको भन्दै आपत्ति जनाएका थिए । पुनको कुरा सुनेपछि प्रधानमन्त्रीले कसले गाली गरेको छ र ? भनेर प्रतिप्रश्न गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले पुनलाई आसन ग्रहण गर्न र प्रधानमन्त्रीलाई विषय केन्द्रित गर्न ध्यानाकर्षण गराएका थिए । त्यसपछि फेरि प्रधानमन्त्रीले आफू विषय केन्द्रित नै भइरहेको बताएका थिए । त्यसपछि मात्र प्रम ओलीले सांसद धनराज गुरुङले गरेको प्रश्नको जवाफ दिन थालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण