रोहित र विराट कहिलेसम्म खेल्छन् ? गम्भीरले दिए यस्तो जवाफ
नयाँ दिल्ली । भारतीय पुरुष क्रिकेट टोलीका नयाँ प्रशिक्षक गौतम गम्भीरले रोहित शर्मा र विराट कोहलीको भविष्यबारे टिप्पणी गरेका छन् । श्रीलंका भ्रमणअघि आयोजित पत्रकार सम्मेलनमा गम्भीरले दुवै क्रिकेटरले सन् २०२७ को विश्वकपसम्म आफ्नो फिटनेस कायम राख्न सक्ने बताएका हुन् ।
उनले भने, ‘मलाई लाग्छ कि उनीहरुले के दिन सक्छन् भन्ने टी–२० विश्वकप र ५० ओभरको विश्वकपमा नै देखाएको छ । मलाई लाग्छ दुवैमा र विशेष गरी च्याम्पियन्स ट्रफी र अस्ट्रेलिया भ्रमणका लागि धेरै क्रिकेट बाँकी छ।’
‘उनीहरू धेरै उत्प्रेरित छन् र सन् २०२१७ को विश्वकपसम्म आफ्नो फिटनेस कायम राख्न सक्छन्। यो उनीहरूको व्यक्तिगत निर्णय हो । म भन्न सक्दिनँ कि उनीहरूमा कति क्रिकेट बाँकी छ । यो पूर्णतया उनीहरूमा निर्भर छ।’
‘विराट र रोहित अझै पनि विश्व स्तरका खेलाडी हुन् र कुनै पनि टोलीले सकेसम्म लामो समयसम्म उनीहरूलाई साथ दिन चाहन्छ,’ उनले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026