पोलियो भाइरस मानिसमा सरेको छैन : स्वास्थ्य मन्त्रालय
सोमबार, ०७ साउन २०८१, २१ : ३२
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँको टुकुचा–बागमती संगम नजिकको ढलमा जेठ १३ गते भेटिएको पोलियो भाइरस मानिसमा नसरेको जनाएको छ ।
१३ जेठ २०८१ मा संकलन गरिएको ढलको नमुना परीक्षण गर्दा ‘भ्याक्सि डेरिभ्ड पोलियो भाइरस–टाइप ३’ देखिएको थियो । यो भाइरस काठमाडौँमा पोलियोको आशंका गरिएको थियो।
फेरि नमुना परीक्षण गर्दा पोलियो नदेखिएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा जेठ २२ गते सोही स्थानबाट संकलन गरिएको नमुना परीक्षणमा पोलियो भाइरस नदेखिएको उल्लेख गरिएको छ ।
नेपालमा हाल कुनै पनि व्यक्तिमा भाइरसको संक्रमण पुष्टि नभएको पनि मन्त्रालयले जनाएको छ । मानिसमा पोलियोको संक्रमण नभएर ढलमा भाइरस देखिएको घटना मात्र रहेकाले आत्तिन नपर्ने मन्त्रालयको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण