२१ वर्षे युवकले कास्की प्रहरीको सूचना अधिकारी हुँ भनेर रकम मागेपछि...
मङ्गलबार, ०८ साउन २०८१, ०८ : ५३
पोखरा । उमेर २१ वर्ष, घर पोखरा १६ बाटुलेचौर, काम ठगी । ह्वाट्सएप र टेलिग्राम मार्फत विभिन्न व्यक्तिहरूसँग सम्पर्क गर्दै जिल्ला प्रहरीमा काम भए गरिदिन्छु भन्छन् ।
केही समयपछि फेरि सम्पर्क गरेर केही रकम माग गर्छन् । घटना दोहोरिएपछि पीडितहरूले प्रहरीलाई जानकारी गराउँछन् । प्रहरी कार्यालयबाट खटिएका प्रहरीले २१ वर्षका सुजित क्षेत्रीलाई लामाचौरबाट पक्राउ गर्छ ।
उनले धेरै व्यक्तिहरूसँग प्रहरी कार्यालयमा आइपर्ने काम आफूले मिलाइदिने र त्यसका लागि अहिले नै केही रकम सहयोग गर्न म्यासेज पठाएका प्रमाणका आधारमा पक्राउ गरेको हो ।
कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माका अनुसार क्षेत्रीलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
-
महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका
-
बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण