डेमोक्रेटिक उम्मेदवार बन्न ह्यारिसले पाइन् पर्याप्त डेलिगेटको समर्थन
वासिङ्टन डिसी । अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपतिको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न डेमोक्रेटिक डेलिगेटहरूबाट पर्याप्त समर्थन जुटाएकी छिन् । एसोसिएटेड प्रेसले सोमबार साँझ गरेको एउटा सर्वेक्षणका अनुसार ह्यारिसले पहिलो चरणको मतदानमा मनोनयन जित्न चाहिने १ हजार ९६७ डेलिगेटभन्दा धेरैको समर्थन पाएकी छिन् । डेलिगेटहरू डेमोक्रेटिक नेशनल कन्भेन्सन (डीएनसी)का लागि भनेर निर्वाचन क्षेत्रहरूबाट छानिएका प्रतिनिधिहरू हुन् । राष्ट्रपति निर्वाचनमा दलको उम्मेदवारको चयन डीएनसीबाटै हुन्छ ।
यस्तो खालको समर्थन फेरिन पनि सक्छ । तर अहिले जतिले ह्यारिसलाई समर्थन दिइरहेका छन् अगष्ट १ देखि ७ को बिचमा हुने मतदानमा पनि सोही अनुपातमा मत खस्यो भने ह्यारिस पार्टीको आधिकारिक उम्मेदवार बन्नेछिन् । कम्तीमा २७ वटा राज्यका डेलिगेटहरूले ह्यारिसलाई पूरा समर्थन गरेको बताइएको छ । बाइडेनले आइतबार एक्कासि उम्मेदवारी फिर्ता लिएपछि डेमोक्रेटिक पार्टीभित्र ह्यारिसलाई समर्थन बढेको जनमत सर्वेक्षणले देखाएको छ । बाइडेनले उम्मेदवारी त्यागेयता ह्यारिसको चुनावी अभियानलाई करोडौँ डलर दान पनि आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण