नेपालमा डाक्टर, नर्स पढ्न पाउने व्यवस्था मिलाउनु पर्यो : सांसद भण्डारी
मङ्गलबार, ०८ साउन २०८१, १५ : ०४
काठमाडौँ । सांसद डा. चन्द्रकान्त भण्डारीले नेपालमा डाक्टर, नर्स पढाउन मिल्ने व्यवस्था मिलाउनु पर्ने बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले बंगलादेशलगायत बाहिरी मुलुकमा पढ्न जाने विद्यार्थीले गर्ने खर्चको हिसाब गरी नेपालमा पढ्न पाउने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
सांसद भण्डारीले नेपालमा २५ प्रतिशत बालबालिका पुड्का जन्मिने गरेको बताए । उनले औषधि उपचारमा बेथिति रहेको बताए । गरिबीको रेखामुनी रहेको ८.७५ जनसङ्ख्यालाई औषधि उपचार निःशुल्क व्यवस्था मिलाउन उनले आग्रह गरे ।
‘गरिबलाई औषधिमा ६० प्रतिशत छुटको व्यवस्था गरे पनि औषधिबाट ४० प्रतिशत रकम अस्पताललाई फाइदा हुन्छ,’ उनले भने, ‘क्यान्सर, मिर्गौला लगायत उपचारमा सरकारले दिने पैसा दुरुपयोग भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण