हत्या आरोपमा राजधानीको गोकर्णेश्वरबाट एक जना युवक पक्राउ
मङ्गलबार, ०८ साउन २०८१, १५ : ४९
काठमाडौँ । हत्यामा संलग्न आरोपमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर–९ बाट प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएर गोकर्णेश्वर बस्ने २७ वर्षीय मानवीर तामाङ छन् ।
सुन्दरीजलमा शिशिर भण्डारीको हत्यामा संलग्न आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए । २०७८ माघ २६ मा सुन्दरीजल स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको खोल्सामा शिशिर मृत भेटिएका हुन् ।
आरोपीलाई अनुसन्धान गरेर मुद्दा चलाउन प्रहरी वृत्त बौद्धमा पठाइएको एसएसपी भट्टराईले बताए । मृतकको घाँटीमा चोट देखिएको थियो । सो घटनापछि फरार मानवीरको साथमा मृतकको मोबाइल भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
-
महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका
-
बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण