डिल्लीबजारमा खुल्यो १६९ रुपैयाँ सबै सामान पाइने मार्ट
मङ्गलबार, ०८ साउन २०८१, १७ : ०९
काठमाडौँ । काठमाडौँको डिल्लीबजारमा हरेक सामान १६९ रुपैयाँ पाइने गरी मार्कस १६९ मार्ट खुलेको छ ।
किचेन आइटम, स्टेशनरी, कस्मेटिक तथा हार्डवेयरसम्मका सामानहरू १६९ रुपैयाँमा किन्न पाइने मार्ट सञ्चालक सोनाम शेर्पाले जानकारी दिए । डिल्लीबजार सिटिजन्स बैंकसँगै खुलेको मार्टमा हरेक सामान उक्त मूल्यमा पाइने भएको हो । उक्त मार्टकाे अभिनेता आकाश श्रेष्ठले उद्घाटन गरेका थिए।
दिनप्रतिदिन महँगी बढिरहेको बेला एउटै ठाउँमा सस्तोमा सामान उपलब्ध गराउने उद्देश्यका साथ मार्ट खोलेको सञ्चालक शेर्पाको भनाइ छ ।
आफूलाई आवश्यक पर्ने सामानहरू एउटै छानामुनि त्यो पनि सस्तोमा पाउने भएपछि ग्राहकहरूलाई निकै लाभदायी हुने अपेक्षा मार्टको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण