सिद्धार्थ राजमार्गअन्तर्गत हिउँदे खोला नजिकै सडक भासियो
मङ्गलबार, ०८ साउन २०८१, १८ : ०५

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका ५ हिउँदे खोला नजिक सडक भासिएको छ । सडक डिभिजन कार्यालय पाल्पाले निरन्तरको वर्षाले उक्त स्थानमा झन्डै ६० मिटर सडक भासिएको जनाएको हो ।
सडकको तल्लो भागमा रिटेनिङ वाल र माथिल्लो भागमा सडक चौडा गरेको भएपनि सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले जानकारी दिए ।
सडक भासिए पनि यातायात भने सुचारु छन् । यो खण्डमा दुई वर्ष अगाडि पनि सडक भासिँदा यात्रुले एक हप्ता बढी सास्ती भोग्नु परेको थियो । अहिले फेरि सडक भासिँदा यात्रु र सवारीसाधन जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देवघाटबाट कालीगण्डकी पदयात्रा सुरु
-
‘जनता सुखी भए लोकतन्त्र आफैँ समृद्ध हुन्छ’
-
भाले गैँडा सदर चिडियाखाना पठाइयो
-
उमागौरी सहकारी ठगी प्रकरण: मुद्दाको पेशी चौथो पटक स्थगित
-
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक
-
इन्टर मिलान छाडेलगत्तै अल–हिलालसँग जोडिए प्रशिक्षक सिमोन इन्जाघी