संघीय निजामती कर्मचारी ऐन फास्ट ट्रयाकबाट पारित हुन्छ : मन्त्री गुप्ता
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती संघीय कर्मचारी ऐन फास्ट ट्रयाकबाट पारित हुने बताएका छन् ।
नेकपा एमाले जिल्ला कमिटी पर्साद्वारा आयोजित शुभकामना तथा सम्मान कार्यक्रमपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री गुप्ताले ८ वर्षदेखि अलपत्र हुँदै आएको संघीय निजामती कर्मचारी ऐन फास्ट ट्रयाकबाट पारित गर्ने बताएका हुन् ।
मन्त्री गुप्ताले निजामती कर्मचारीलाई व्यवस्थित गर्न नसकेको र मन्त्रालयले कार्यविधि बनाइरहेको बताए । कार्यविधि बनाइसकेपछि स्थानीय तहको बेथिति अन्त्य हुने बताए । साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हुने सरुवालाई नियन्त्रित गरी एक कार्यालयमा १ वर्षसम्म कामकाज गर्न ऐन बनाइने पनि बताए ।
मन्त्री गुप्ताले सरकारमा आफूलाई अवसरकासाथ साथै चुनौती रहेको पनि बताए । सरकारलाई आर्थिक मन्त्री अन्त्य गर्ने, विकासका आयोजना सम्पन्न गर्ने लगायतका चुनौती रहेको उनले बताए । सरकारले काम सुरु गरिसकेको भन्दै उनले सबै चुनौती पारगरी अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारकालाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण