गाजाको खान युनिसबाट डेढ लाख मानिस पलायन
रफाह । सोमबारयता गाजाको खान युनिसबाट १ लाख ५० हजारभन्दा धेरै मानिसहरू पलायन भएका छन् । संयुक्त राष्ट्र सङ्घको दुई ओटा संस्थाले यस्तो बताएको हो । गाजा पट्टीको दक्षिणमा रहेको खान युनिस पछिल्लो समय इजरायली आक्रमणको केन्द्र बनेको छ ।
‘हमासले खान युनिसमा आफ्नो सेनालाई फेरि सङ्गठित गर्ने प्रयास गरिरहेको थियो, यसैलाई दृष्टिगत गरेर यो हमला गरिएको हो’ इजरायलले भनेको छ । इजरायल रक्षा बल (आईडीएफ)ले सोमबार खान युनिसको पूर्वी क्षेत्र खाली गर्न आदेश दिएको छ ।
हमास लडाकुहरूले यो क्षेत्र आतङ्कवादी गतिविधि र रकेट आक्रमणका लागि प्रयोग गरिरहेको दाबी इजरायलको थियो । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलले अभियान सुरु गरेदेखि कम्तीमा ८० प्यालेस्टाइनी मारिएको जनाएको छ ।
सोमबार नयाँ आदेश घोषणा भएदेखि करिब डेढ लाख मानिस त्यहाँबाट भागेको प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय निकाय यूएनआरडब्ल्यूएका एक अधिकारी लुईस वाटरिजले बीबीसीको टुडे कार्यक्रममा भनेका थिए । ‘इजरायली सेनाले गाजा पट्टीको ८० प्रतिशतभन्दा बढी भाग खाली गर्न आदेश दिएको छ वा त्यो क्षेत्रमा जान रोक लगाएको छ’ वाटरिजले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण