गाजाको खान युनिसबाट डेढ लाख मानिस पलायन

रफाह । सोमबारयता गाजाको खान युनिसबाट १ लाख ५० हजारभन्दा धेरै मानिसहरू पलायन भएका छन् । संयुक्त राष्ट्र सङ्घको दुई ओटा संस्थाले यस्तो बताएको हो । गाजा पट्टीको दक्षिणमा रहेको खान युनिस पछिल्लो समय इजरायली आक्रमणको केन्द्र बनेको छ ।
‘हमासले खान युनिसमा आफ्नो सेनालाई फेरि सङ्गठित गर्ने प्रयास गरिरहेको थियो, यसैलाई दृष्टिगत गरेर यो हमला गरिएको हो’ इजरायलले भनेको छ । इजरायल रक्षा बल (आईडीएफ)ले सोमबार खान युनिसको पूर्वी क्षेत्र खाली गर्न आदेश दिएको छ ।
हमास लडाकुहरूले यो क्षेत्र आतङ्कवादी गतिविधि र रकेट आक्रमणका लागि प्रयोग गरिरहेको दाबी इजरायलको थियो । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलले अभियान सुरु गरेदेखि कम्तीमा ८० प्यालेस्टाइनी मारिएको जनाएको छ ।
सोमबार नयाँ आदेश घोषणा भएदेखि करिब डेढ लाख मानिस त्यहाँबाट भागेको प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय निकाय यूएनआरडब्ल्यूएका एक अधिकारी लुईस वाटरिजले बीबीसीको टुडे कार्यक्रममा भनेका थिए । ‘इजरायली सेनाले गाजा पट्टीको ८० प्रतिशतभन्दा बढी भाग खाली गर्न आदेश दिएको छ वा त्यो क्षेत्रमा जान रोक लगाएको छ’ वाटरिजले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न
-
इजरायल–इरान युद्ध : नेपालीको उद्धारका लागि यस्तो छ सरकारको तयारी
-
एपीएफ–थ्री स्टार विवाद दुई वर्षपछि अपिल कमिटीले सुल्झायो