प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक निरीक्षणपछि दुर्घटनास्थलबाट फिर्ता

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि घट्नास्थल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक निरीक्षणपछि फर्किएका छन् । बुधबार सौर्य एयरलाइन्सको विमान पोखरा जान त्रिभुवन विमानस्थलबाट उड्ने क्रममा दुर्घटना भएलगत्तै प्रधानमन्त्री ओली र गृहमन्त्री दुर्घटनास्थल पुगेर निरीक्षण गरेका थिए । दुर्घटनामा १८ जनाको ज्यान गएको छ भने एक जना विमान चालक मनिषरत्न शाक्यको उपचार भइरहेको छ ।
‘नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्रु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन्, ‘नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
सुनकोशी क्षेत्रमा बाढीको जोखिम: खोटाङ प्रशासनद्वारा सतर्कता अपनाउन अनुरोध
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर