डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट शव पोस्टमार्टम गरिने
काठमाडौँ । । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट शवको पोस्टमार्टम गर्न लागिएको छ ।
मृत्युको कारण थाहा भएपनि व्यक्ति पहिचानका लागी डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन र एन्जिमोटम प्रविधिको प्रयोग गरिन्छ । सो प्रविधिबाट सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव परीक्षण गरिने चिकित्सकहरूले बताएका छन् ।
‘मृतकको पहिचानका लागि परिवारबाट व्यक्तिको हुलिया पहिचान गर्न शरीरको निसान, कपडा गहनालगायत विषय संकलन गरिन्छ,’ त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीले भने, ‘यसरी मृतक परिवारबाट पहिचान खुल्ने आधारमा गरिने पोस्टमार्टमलाई ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन’ प्रणाली भनिन्छ ।’
दुर्घटनामा १७ जना पुरुष र एक जना महिलाको मृत्यु भएको छ । एक जना बालकको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा अमितमान महर्जन, सगर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौड्याल, सन्तोष महतो, पुण्य रत्न शाही र ओमानका नागरिक आरिफ रेडा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण