संसदीय सुनुवाइ समिति
निर्वाचन आयुक्तमा सिफारिस प्रधानद्वारा कार्ययोजना पेस (पूर्णपाठ)
बुधबार, ०९ साउन २०८१, १५ : ४९
काठमाडौँ । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कष्णमान प्रधानले आफ्नो कार्ययोजना पेस गरेका छन् । संसदीय सुनुवाइ समितिमा बुधबार भएको सुनुवाइका क्रममा उनले आफ्नो कार्ययोजना पेस गरेका हुन् ।
उनले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन र सुधारका लागि आफ्नो अवधारणा प्रस्तुत गरेका छन् । समितिले विश्वास गरेर आफूलाई आयुक्तमा नियुक्ति गरेमा आयोगका संस्थागत सुदृढीकरण, क्षमता विकास र साझेदारी प्रवर्द्धन गर्ने बताएका छन् ।
यसैगरी आयोगको चौथो पञ्चवर्षीय रणनीतिक योजना तयार गरी कार्यान्वयन गर्ने, पदाधिकारी एवम् जनशक्तिका लागि तालीम र अभिमुखीकरण गर्ने, सूचना प्रविधियुक्त निर्वाचन व्यवस्थापन गर्ने लगायतका विषय कार्ययोजनामा उल्लेख छ ।
उनले राजनीतिक दलको आन्तरिक लोकतान्त्रिकरणमा पहल गर्नेलगायतका विषय पनि कार्ययोजनामा उल्लेख गरेका छन् ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण