संसदीय सुनुवाइ समिति
निर्वाचन आयुक्तमा सिफारिस प्रधानद्वारा कार्ययोजना पेस (पूर्णपाठ)
बुधबार, ०९ साउन २०८१, १५ : ४९

काठमाडौँ । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कष्णमान प्रधानले आफ्नो कार्ययोजना पेस गरेका छन् । संसदीय सुनुवाइ समितिमा बुधबार भएको सुनुवाइका क्रममा उनले आफ्नो कार्ययोजना पेस गरेका हुन् ।
उनले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन र सुधारका लागि आफ्नो अवधारणा प्रस्तुत गरेका छन् । समितिले विश्वास गरेर आफूलाई आयुक्तमा नियुक्ति गरेमा आयोगका संस्थागत सुदृढीकरण, क्षमता विकास र साझेदारी प्रवर्द्धन गर्ने बताएका छन् ।
यसैगरी आयोगको चौथो पञ्चवर्षीय रणनीतिक योजना तयार गरी कार्यान्वयन गर्ने, पदाधिकारी एवम् जनशक्तिका लागि तालीम र अभिमुखीकरण गर्ने, सूचना प्रविधियुक्त निर्वाचन व्यवस्थापन गर्ने लगायतका विषय कार्ययोजनामा उल्लेख छ ।
उनले राजनीतिक दलको आन्तरिक लोकतान्त्रिकरणमा पहल गर्नेलगायतका विषय पनि कार्ययोजनामा उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : प्रभसिमरनको शानदार ब्याटिङ, लखनउसामु २ सय ३७ रनको लक्ष्य
-
‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की
-
कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु
-
कुमाल गाउँका ८० जनाले सिके पाउदुरे नाच
-
“भ्रष्टाचार विरुद्धका कविता” पुस्तक लोकार्पण, ४ लाख नगद सहित सर्जकलाई सम्मान
-
विद्यार्थीको कपालको लम्बाइबारे लचिलो बन्यो थाइल्यान्ड