लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा पदभार ग्रहण
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री चेतनारायण आचार्यले बुधबार पदभार ग्रहण गरेका छन् । बिहान बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएर दाङको देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन् ।
पदभारपछि मुख्यमन्त्री आचार्यले सुशासन प्रबर्द्धन र भ्रष्टाचार न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक कार्ययोजना लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । राजनीतिक अस्थिरता अन्त्य गर्दै वर्तमान गठबन्धन सरकार सुशासन कायम गर्न, प्रदेशको औचित्य पुष्टि गर्ने गरी काम गर्न प्रतिबद्ध रहेको उनले बताए ।

मुख्यमन्त्री आचार्यले जनताले प्रदेश सरकारको अनुभूति गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । केही दिनभित्र मन्त्रीहरूको कार्यविभाजन गर्ने र मन्त्रिपरिषद्लाई पूर्णता दिने उनले जनाए ।
पदभार ग्रहणपछि प्रमुख सचिव, सचिव तथा कर्मचारीहरूसँग छलफल गर्दै मुख्यमन्त्री आचार्यले उच्च मनोबलका साथ जनताको पक्षमा काम गर्न निर्देशन दिएका थिए । बुधबार बुटवलमा शपथ लिएका ८ जना मन्त्रीहरू पनि देउखुरी पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण