नेक्सजेन म्यानेजमेन्टले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने
काठमाडौँ । नेक्सजेन म्यानेजमेन्टले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने भएको छ । बुधबार विज्ञप्ति जारी गर्दै नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने कार्यक्रम घोषणा गरेको हो ।
विज्ञप्तिमा भनिएको छ,‘देश अहिले आर्थिक शिथिलताबाट गुज्रिरहेको छ । अधिकांश साना ठुला कम्पनीहरू केही न केही समस्यामा छन् । यस्तो प्रतिकूल परिस्थितिमा सहयोग हुने गरी २०८१/८२ को लागि कम्पनीले नौलो किसिमको सेवा लिएर आएको छ ।’
नेपालमा अहिले ३,२४,१८६ प्राइभेट लिमिटेड र २०५३ वटा लिमिटेड कम्पनीहरू दर्ता रहेको नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेश कुमार भट्टराईले जानकारी दिए ।
ठुलो सङ्ख्यामा कम्पनीहरू सञ्चालनमा रहेता पनि कम्पनी ऐनको व्यवस्थाहरूको बारेमा अधिकांश संचालनकर्तालाई जानकारी नभएको उनले बताए । त्यसैगरी संचालनको क्रममा आवश्यक लेखा प्रणाली, व्यवस्थापन, बजारीकरण, अटोमेसन, वित्तीय संस्थाबाट लिने सेवा तथा सञ्चालक समिति र साधारणसभाबाट गर्नुपर्ने काम कर्तव्यको जानकारी नभएको उनको भनाइ छ ।
विज्ञप्तिमा भनिएको छ,‘कुन सेवाको लागि को मानिस, कहाँ र कति खर्चमा पाइन्छ थाहा छैन । स्टार्ट अप र नयाँ व्यवसाय गर्नेहरू झनै पीडित छन् । यिनै समस्याहरू समाधानको लागि एकद्वार प्रणालीबाट न्युनतम् शुल्कमा आवश्यक सबै सेवाहरू दिने गरी नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले एकद्वार प्रणाली सेवा ल्याएको छ ।’
भट्टराईका अनुसार अब कम्पनी व्यवस्थापन गर्न, लेखा प्रणाली र परीक्षण गर्न, सफ्टवेयरबाट अटोमेशन गर्न, बैंक फाइनान्सबाट कर्जा लिन र चुक्ता गर्न, कानुनी सल्लाह लिन भौतारिरहनु पर्नेछैन ।
यस्तै त्रैमासिक रूपमा पोर्टफोलियो, डेब्ट इक्विटी र फाइनान्सियल रिभ्यु रिपोर्ट लिन पनि सकिने उनले बताए । विभिन्न सन्दर्भमा सञ्चालक समिति र साधारण सभाले गर्नुपर्ने निर्णयहरू तथा कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी ऐन बमोजिम पेस गर्नुपर्ने कार्यहरू पनि गर्न गराउन अन्य ठाउँ जानु नपर्ने उनले बताए ।
नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले कम्पनीलाई चाहिने आवश्यक सबै विशेषज्ञ सेवाहरू एउटै कार्यालयमा एउटै शुल्कबाट उपलब्ध गराउने जनाइएको छ । यो सेवाबाट विशेष गरी साना र मझौला कम्पनीहरू लाभान्वित हुने नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले जनाएको छ । समय र खर्चको बचत हुने तथा मानसिक तनावबाट मुक्त हुँदा व्यवसाय वृद्धिमा केन्द्रित हुन मद्दत पुग्ने विश्वास नेक्सजेन म्यानेजमेन्टले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण