फिल्म ‘देवी’ मा नाजिर र गौरवको यस्तो लुक्स
काठमाडौँ । नाजिर हुसेन, गौरव पहारी र शिल्पा मास्केको मुख्य भुमिका रहेको फिल्म हो ‘देवी’ । भदौ २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म अहिले प्रचार प्रसारमा छ ।
फिल्मको प्रचारलाई थप ब्यापक बनाउन निर्माण युनिटले फिल्मको दुई पोष्टर सार्वजनिक गरेको छ । पोष्टरमा गौरव र नाजिरले प्रथामिकता पाएका छन् । पोष्टरमा कलाकारको फिल्ममा रहेको चरित्र झल्काइएको निर्माण युनिटले जनाएको छ ।
अभिनेत्री शिल्पा मास्केको चरित्र पोस्टर यसअघि नै सार्वजनिक भएको थियो । क्राइम थ्रिलर कथामा निर्माण भएको ‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको हो ।
सार्वजनिक प्रदर्शनका लागि फिल्मले बाँसुरी फिल्मससँग सहकार्य गरेको छ । नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउने फिल्म संजोग राईले निर्देशन गरेका हुन् ।
राईको यो डेब्यु फिल्म हो । फिल्मले महिलामाथि हुने यौनहिंसा विरुद्धको कथा पेस गर्ने निर्देशक राईले बताए । फिल्ममा शिल्पा पत्रकार, गौरव अपराध अनुसन्धान गर्ने प्रहरी तथा नाजिर एक संस्था सञ्चालकको भूमिकामा देखिनेछन् ।
फिल्ममा गौरवका बुवा तथा वरिष्ठ अभिनेता टीका पहारीको पनि अभिनय छ । रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् ।
जोएल फ्रोमको छायाङ्कन रहेको फिल्म मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण