कोशी प्रदेश ‘प्रदेश निजामती सेवा नियमावली’ स्वीकृत
विराटनगर । कोशी प्रदेशको मन्त्रीपरिषद् बैठकले प्रदेश निजामती सेवा नियमावली स्वीकृत गरेको छ । विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
मन्त्रीपरिषद्को बैठकले कोशी प्रदेश गुनासो व्यवस्थापन निर्देशिका पनि स्वीकृत गरेको छ । उक्त निर्देशिका स्वीकृत गरेसँगै प्रदेशका जनताले कुनै प्रश्न, जिज्ञासा र सूचना माग गर्न पाउने मौलिक हकलाई सुरक्षित गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।
मन्त्रीपरिषद्को बैठकले प्रदेश किताब खाना कार्य सञ्चालन निर्देशिका २०८० र राहत वितरणसम्बन्धी मापदण्डको दोस्रो संशोधन स्वीकृत गरेको छ । राहत वितरण मापदण्ड संशोधन गरेपछि अब प्राकृतिक विपत्ति तथा आगलागीजन्य प्रकोपमा परी मृत्यु भएका व्यक्तिलाई १ लाख रुपैयाँ दिने र एकै परिवारका धेरै सदस्यको मृत्यु भएमा थप प्रतिव्यक्ति ५० हजार दिइने भएको छ । यसअघि एकै घरका जतिजनाको मृत्यु भएपनि राहत स्वरूप १ लाख रुपैयाँ मात्रै दिन पाउने व्यवस्था थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
-
पूर्व गोर्खा मेजर खत्रीलाई राजा चार्ल्स तृतीयद्वारा एमबीई पदक प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण