काठमाडौँको हाइकिङ स्पटमा मोबाइल लुट्ने समूह सक्रिय
काठमाडौँ । काठमाडौँ उपत्यकाका हाइकिङ स्पटमा आजभोलि हाइकिङ जानेहरू धेरै हुन हुन्छन् । तर, छुट्टीमा हाइकिङ जानेहरु लुटेराको निशानामा पर्न थालेका छन् ।
काठमाडौँको कीर्तिपुरस्थित चम्पादेवी र बुढानीलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ गएकाहरू लुटिएका छन् । असारमा भएका दुइवटा घट्नामा १७ जना लुटिएका हुन् । चम्पादेवीबाट हात्तिवन निस्कने जंगलको गोरेटो बाटोबाट लुटेराले ११ जनाको साथमा भएका मोबाइल लुटेर फरार भएका छन् ।
शिवपुरी राष्ट्रिय निकुञ्ज भित्रको जंगलबाट ६ जनाबाट लुटेराहरूले मोबाइल लुटेका छन् । चम्पादेवी र शिवपुरीमा समान तवरले ४ जनाको समूहले मोबाइल लुटेर भागेका हुन् । लुटेराहरूको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए । उनले भने,‘लुट्ने समूहबारे अनुसन्धान हुँदै छ, हामी उनीहरूको नजिक पुगेका छौँ ।’
चम्पादेवीमा ११ जनाको समूहलाई धक्याएर ४ जनाले मोबाइल लुटेका थिए । लुटेराको अनुसन्धानमा जिल्ला प्रहरी परिसर काठमाडौँले दुईवटा टिम परिचालन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण